क्रिटिक्स अवार्ड: अभिनयमा दयाहाङ र थिन्ले उत्कृष्ट

काठमाडौँ । चलचित्र समीक्षक समाज (फिक्सन) ले २०८१ को ‘क्रिटिक्स अवार्ड’ का विजेताहरू सार्वजनिक गरेको छ ।

१० विधामा वितरण गरिएको यस अवार्डमा ‘शाम्बाला’ले तीन प्रमुख अवार्ड जितेको छ । उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशक (मीनबहादुर भाम) र उत्कृष्ट अभिनेत्री (थिन्ले ल्हामो) को अवार्ड ‘शाम्बाला’ ले हात पारेको हो ।

त्यस्तै उत्कृष्ट अभिनेता अवार्ड ‘गाउँ आएको बाटो’ बाट दयाहाङ राईले पाएका छन् भने किशोर आचार्य उत्कृष्ट साउन्ड डिजाइनको विजेता बनेका छन् ।

समीक्षक समाजका अध्यक्ष सामीप्यराज तिमल्सिनाले यस वर्ष राजनीतिक घटनाक्रम, जेनजी आन्दोलन र निर्वाचनका कारण औपचारिक समारोह नहुने जानकारी दिए ।

उनले २०८१ र २०८२ सालका अवार्ड आगामी वर्ष एकै समारोहमा भव्य रूपमा वितरण गरिने जानकारी दिए ।

अवार्ड विजेता:

उत्कृष्ट फिल्म: शाम्बाला

उत्कृष्ट निर्देशक: मीनबहादुर भाम (शाम्बाला)

उत्कृष्ट अभिनेता: दयाहाङ राई (गाउँ आएको बाटो)

उत्कृष्ट अभिनेत्री: थिन्ले ल्हामो (शाम्बाला)

उत्कृष्ट पटकथा तथा लेखन: सरिष्मा खत्री र सिद्धार्थ पुडासैनी (सानो संसार)

उत्कृष्ट छायाङ्कन: आलोक शुक्ला (आँखा)

उत्कृष्ट सम्पादन: जे. हिम ली र एलेक्स गुर्भिट्स (राजागञ्ज)

उत्कृष्ट साउन्ड डिजाइन: किशोर आचार्य (गाउँ आएको बाटो)

स्पेशल मेन्सन (अभिनय): सुपला सापकोटा (बोक्सीको घर)

स्पेसल मेन्सन (कला निर्देशन): पूर्णबहादुरको सारङ्गी

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =