अनमोलको जन्मदिनमा हरर भाइब दिने ‘बाटुलो जुन’ को पोस्टर सार्वजनिक

काठमाडौँ । अभिनेता अनमोल केसीको आगामी चलचित्र ‘बाटुलो जुन’ को दोस्रो पोस्टर सार्वजनिक भएको छ ।

चैत १६ गते सोमबार अभिनेता केसीको जन्मदिनको अवसर पारेर उक्त पोस्टर सार्वजनिक गरिएको हो ।

सार्वजनिक पोस्टरमा अभिनेता अनमोल केसी र टिकटक स्टार प्रिन्सी खतिवडालाई अँध्यारो बाटुलो जुनको मुनि देख्न सकिन्छ । अनमोलले एक हातमा राँको बोकेका छन् भने अर्को हातले पर्खालमा अडिएकी प्रिन्सीको खुट्टा समाएका छन् । उक्त पोस्टर हरर भाइव दिन्छ ।

पोस्टर सार्वजनिक गर्दै अनमोलले सामाजिक सञ्जालमा लेखेका छन् ‘एउटा विशेष दिनको लागि विशेष खुलासा हुनुपर्छ, तपाईँहरू सबैलाई मेरो जन्मदिनको उपहार  #Batulo Jun यस दसैँमा अक्टोबर १६, २०२६ र असोज ३० २०८३ मा सिनेमाघरमा भेटौँला।’

उनले सार्वजनिक पोस्टरसँगै आगामी दसैँमा चलचित्र रिलिज हुने जानकारी दिएका छन् ।

यस चलचित्रलाई जिया केसीले निर्माण गर्नेछिन् भने भुवन केसीले निर्देशन गर्नेछन् । यो फिल्मलाई सनराइज पिक्चर्स प्रालिको ब्यानरमा निर्माण गरिँदै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =