भाडा बढाउनुपर्ने भन्दै राइडरहरूले सुरु गरे मोटरसाइकल र्‍याली (तस्बिरहरू)

काठमाडौं । राइड सेयरिङ कम्पनीहरूले भाडा बढाउनुपर्ने माग राख्दै स्वतन्त्र चालक फाउन्डेसन नेपाल प्रदर्शनमा उत्रिएको छ ।

पेट्रोलको मूल्य बढेको कारण राइडको पनि भाडा समायोजन गर्नुपर्ने मागसहित उनीहरूले मोटरसाइकल र्‍याली निकालेका हुन् ।

याङ्गो, इनड्राइभ, पठाओजस्ता राइड सेयरिङ कम्पनीहरूले धेरै कमिसन लिएको, बीमा पोलिसी राम्रोसँग लागू नगरेको उनीहरूको भनाइ छ । माइतीघरमा राइड सेयरिङवाला चालकहरूले आफ्नो मोटरसाइकलमा समेत पर्चा र पम्प्लेट टाँसेर प्रदर्शन गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 2 =