अशोक दर्जी आफ्नै निर्णयमा घर फर्किए, पढाइ झापाबाट सुरु

काठमाडौँ । गायक तथा कलाकार अशोक दर्जी आफ्नै घर फर्किएका छन् ।
विगत ८ वर्षदेखि सङ्गीतकार टंक बुढाथोकीसँग रहँदै आएका उनी गत ३–४ महिनादेखि आफ्नै घरमा रहँदै आएको सङ्गीतकार बुढाथोकीले सामाजिक सञ्जाल मार्फत जानकारी दिए ।
‘अब अशोक दर्जी बाबु आफ्नै परिवारको निर्णय अनुसार, जिम्मेवारीसहित आफ्नो भविष्य र परिवारका लागि अगाडि बढ्न सक्षम भएका छन् । भगवानले जुराइदिनुभएको हाम्रो सम्बन्ध, साथै यहाँसम्म आइपुग्दा तपाईँहरू सबैको साथ, हौसला र सहयोगअनुसार मैले पाएको जिम्मेवारी सकेसम्म राम्रोसँग निभाउने प्रयास गरेको छु भन्ने विश्वास लिएको छु ।’ उनले लेखेका छन् ।
सङ्गीतकार बुढाथोकीले आफ्नै साथमा राखेर, अशोकलाई ‘हिरो’सम्म बन्ने हौसला, शिक्षा र मार्गदर्शन दिने क्रममा एक अभिभावकले निभाउनुपर्ने कर्तव्यमा सकेसम्म कुनै कमी हुन दिइन् भन्ने लागेको जानकारी दिएका छन् ।
‘गत ३–४ महिनादेखि अशोक आफ्नो परिवारसँग झापा घरमा बस्ने उनकै निर्णयअनुसार त्यहीँ रहँदै आएका छन् र पढाइ पनि झापामा कै एक विद्यालयमा सुरु गरिसकेका छन् ।’ उनले लेखेका छन् ।
अशोकलाई उनले गर्न सक्ने साङ्गीतिक सहयोग सधैँ भइरहने पनि जानकारी दिए । उनले अशोकको उज्ज्वल भविष्यको कामना सङ्गै पढाइ कहिलै नछोड्न भन्दै सफलताको लागि शुभकामना समेत दिएका छन् ।
पढ्नुहोस् पुरा स्ट्याटस:
शुभकामना, आशीर्वाद – अशोक दर्जी बाबु
आज यो कुरा यहाँहरू सबैसँग साझा गर्न पाउँदा निकै खुसी लागेको छ
अब अशोक दर्जी बाबु आफ्नै परिवारको निर्णय अनुसार, जिम्मेवारीसहित आफ्नो भविष्य र परिवारका लागि अगाडि बढ्न सक्षम भएका छन्।
भगवानले जुराइदिनुभएको हाम्रो सम्बन्ध, साथै यहाँसम्म आइपुग्दा तपाईँहरू सबैको साथ, हौसला र सहयोगअनुसार मैले पाएको जिम्मेवारी सकेसम्म राम्रोसँग निभाउने प्रयास गरेको छु भन्ने विश्वास लिएको छु।
८ वर्षसम्म आफ्नै साथमा राखेर, अशोकलाई ‘हिरो’सम्म बन्ने हौसला, शिक्षा र मार्गदर्शन दिने क्रममा एक अभिभावकले निभाउनुपर्ने कर्तव्यमा सकेसम्म कुनै कमी हुन दिइन जस्तो लाग्छ
गत ३–४ महिनादेखि अशोक आफ्नो परिवारसँग झापा घरमा बस्ने उनकै निर्णयअनुसार त्यहीँ रहँदै आएका छन् र पढाइ पनि झापामा कै एक विद्यालयमा सुरु गरिसकेका छन् ।
अशोक बाबुलाई मैले गर्न सक्ने साङ्गीतिक सहयोग सधैँ भइरहनेछ
साथै, सम्पूर्ण सङ्गीतकर्मी, निर्माता तथा कार्यक्रम आयोजकहरूलाई उहाँको आगामी यात्रामा सधैंझैँ साथ, सहयोग र हौसला प्रदान गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु
अशोक दर्जी बाबुको लागि मैले पाएको जिम्मेवारी निभाउन साथ दिनुहुने सम्पूर्ण शुभचिन्तक, सहकर्मी तथा मेरो परिवारप्रति हार्दिक धन्यवाद
विशेष गरेर मेरा छोरा ए.आर.अनि मेरो जीवन सङ्गिनी विष्णु
अन्त्यमा, अशोक दर्जी बाबुको उज्ज्वल भविष्यको कामना सङ्गै पढाइ कहिलै नछोड्नु है भन्दै सफलताको लागि धेरै धेरै शुभकामना








