दुर्गेशलाई उछिन्दै बालेनको गीतले कायम गर्‍यो कीर्तिमान

काठमाडौँ । बालेन शाहको गीत ‘जय महाकाली’ ले कीर्तिमान कायम गरेको छ ।

बिहीबार बेलुका सार्वजनिक गरिएको यस गीतले २४ घण्टाभित्र युट्युबमा अहिलेसम्म सर्वाधिक हेरिने नेपाली गीतको रेकर्ड राखेको हो ।

शुक्रवार दिउँसो साढे १ बजेसम्म यो गीतलाई ३० लाख ७६ हजार ९ सय ७५ पटक हेरिएको छ ।

यसअघि २४ घण्टाभित्र युट्युबमा सर्वाधिक हेरिने नेपाली गीतको रेकर्डमा दुर्गेश थापा र सिसन बानियाँको कोल्याब गीत ‘जाने भए जाम माया’ थियो ।

त्यसबेला दुर्गेशले विष्णु माझीको गीत ‘आइन आमा यो तीजमा’ को १५ लाख भ्यूजको रेकर्डलाई उछिनेका थिए ।

उनको गीत ‘जाने भए जाम माया’लाई सोही अवधिसम्म १६ लाख ३६ हजार पटक हेरिएको थियो ।

‘जय महाकाली’ गीतको अडियो ११ वर्षअघि नै रिलिज भैसकेको थियो । चुनावी अभियानका दृश्य समेट्दै भिडियो तयार पारिएको यस गीतलाई रि–मास्टरिङ गरेर यसलाई पुनः रिलिज गरिएको हो ।

‘जय महाकाली’ गीतमा र्‍याप, शब्द तथा संगीत बालेन शाहकै रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − fourteen =