मध्यपूर्व द्वन्द्व समाधानका लागि वार्ताको सहजीकरण गर्न पाकिस्तान तयारः प्रधानमन्त्री सरिफ
२०८२ चैत १२ गते

सिन्ह्वा । संयुक्त राज्य अमेरिका र इरान सहमत भएमा मध्यपूर्वमा जारी द्वन्द्वको बृहत समाधानका लागि अर्थपूर्ण र निर्णायक वार्ताको आयोजना तथा सहजीकरण गर्न पाकिस्तान तयार रहेको प्रधानमन्त्री शहबाज सरिफले बताएका छन् ।
सामाजिक सञ्जालमा एक पोस्ट गर्दै प्रधानमन्त्री सरिफले सो कुरा बताएका हुन् । उनले यस क्षेत्र र विश्वकै शान्ति तथा स्थिरताका लागि मध्यपूर्वको द्वन्द्व अन्त्य गर्न भइरहेका संवादका प्रयासहरूलाई पाकिस्तानले स्वागत र पूर्ण समर्थन गर्ने उल्लेख गरे ।
यसैबीच, इरानी समाचार एजेन्सी ‘तस्निम’ काअनुसार सोमबार इरानी राष्ट्रपति मसूद पेजेस्कियानले प्रधानमन्त्री सरिफसँग टेलिफोनमा कुराकानी गर्दै क्षेत्रीय सहयोगप्रति तेहरानको प्रतिवद्धता पुनः दोहोर्याएका छन् ।
२०८२ चैत १२ गते
प्रतिक्रिया
सम्बन्धित








