LRR Motors को विशेष बिक्री योजना सार्वजनिक

काठमाडौँ । नेपाली नयाँ वर्ष २०८३ को अवसर पारेर LRR Motors Pvt. Ltd. ले आफ्नो प्रिमियम इलेक्ट्रिक एसयूभी Geely EX5 Max मा आकर्षक नयाँ वर्ष विशेष बिक्री योजना ‘नयाँ ऊर्जा, नयाँ यात्रा र नयाँ अनुभव’ सार्वजनिक गरेको छ ।
चैत्र १, २०८२ देखि वैशाख ७, २०८३ सम्म लागू हुने यस योजना अन्तर्गत सो अवधिभित्र Geely EX5 Max खरिद गर्ने ग्राहकहरूले विभिन्न आकर्षक उपहार तथा सुविधाहरू प्राप्त गर्नेछन् ।
कम्पनीले ग्राहकहरूलाई विशेष अनुभव प्रदान गर्ने उद्देश्यले ६ रात ७ दिनको थाइल्याण्ड भ्रमण (२ जनाका लागि) सहितका विशेष लाभहरू समावेश गरेको जनाएको छ ।
यसका अतिरिक्त कम्पनीका अनुसार यो विशेष योजना अन्तर्गत ग्राहकहरूले Geely EX5 Max को खरिदमा स्मार्ट कफी मेसिन, Adaptable Charger, आकर्षक नगद छुट, ह्यासल–फ्री फाइनान्सिङ सुविधा, १ वर्षको निःशुल्क Auto Plus Insurance तथा १ वर्षको निःशुल्क Road Tax जस्ता सुविधाहरू पनि प्राप्त गर्नेछन् ।
LRR Motors का सेल्स एण्ड अपरेसन हेड अधिर श्रेष्ठका अनुसार, ‘नयाँ वर्ष २०८३ को अवसरमा ग्राहकहरूलाई अझ विशेष अनुभव प्रदान गर्ने उद्देश्यले हामीले मा यो आकर्षक योजना ल्याएका हौँ । विद्युतीय सवारीप्रति बढ्दो चासोलाई ध्यानमा राख्दै हामीले Geely EX5 Max ग्राहकलाई थप मूल्य दिने गरी थाइल्याण्ड भ्रमणदेखि लिएर बीमा, रोड ट्याक्स र अन्य सुविधाहरू समेटिएको प्याकेज तयार गरेका छौँ । यस योजनाले ग्राहकहरूलाई प्रिमियम इलेक्ट्रिक एसयूभी अनुभवसँगै नयाँ वर्षको खुशी पनि थप विशेष बनाउने विश्वास लिएका छौँ ।’
LRR Motors ले अत्याधुनिक प्रविधि, सुरक्षा र प्रिमियम अनुभव प्रदान गर्ने लक्ष्यसहित Geely EX5 विद्युतीय एसयूभी नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ । कम्पनीका अनुसार नयाँ वर्षको अवसरमा ल्याइएको यो योजना ग्राहकहरूलाई विद्युतीय सवारीतर्फ आकर्षित गर्ने र उनीहरूलाई थप मूल्य प्रदान गर्ने उद्देश्यले तयार गरिएको हो ।
कम्पनीले नयाँ वर्षमा ‘नयाँ ऊर्जा, नयाँ यात्रा र नयाँ अनुभव’ सुरु गर्न चाहने ग्राहकहरूलाई Geely EX5 Max रोज्न आग्रह गरेको छ । इच्छुक ग्राहकहरूले कम्पनीको शोरुममा गई सीमित अवधिका लागि लागू भएको यस अफरको फाइदा लिन सक्नेछन् ।








