भारतको ओडिसास्थित अस्पतालमा आगलागी हुँदा १० बिरामीको मृत्यु

ओडिसा । भारतको ओडिसास्थित एक अस्पतालमा आइतबार राति भीषण आगलागी हुँदा १० जना बिरामीले ज्यान गुमाएका छन् । ओडिसास्थित कटकमा रहेको श्रीराम चन्द्र भञ्ज मेडिकल कलेजमा राति करिब ३ बजे पहिलो तल्लामा रहेको ट्रमा केयर आईसीयूबाट आगो लागेकाे थियाे ।

आईसीयूबाट सुरु भएको आगोले छोटो समयमै उग्र रूप लिँदा ७ जनाको घटनास्थलमै र ३ जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

आगलागीको समयमा उक्त आईसीयू कक्षमा २३ जना बिरामी भर्ना थिए, जसलाई बचाउने क्रममा अस्पतालका कम्तीमा ११ जना कर्मचारीसमेत जलेर घाइते भएका छन् । प्रारम्भिक अनुमानअनुसार विद्युत् सर्ट भई आगलागी भएको हुनसक्ने देखिएको छ ।

ओडिसाका मुख्यमन्त्री मोहन चरण माझीले सोमबार बिहानै अस्पताल पुगेर घाइतेहरूको अवस्थाबारे जानकारी लिएका छन् । उनले मृतकका परिवारलाई प्रतिपरिवार २५ लाख भारु राहत दिने घोषणा गर्दै घटनाको उच्चस्तरीय छानबिन गर्न आदेश दिएका छन् । यो अस्पताल ओडिसाकै सबैभन्दा ठुलो स्वास्थ्य संस्था मानिन्छ, जहाँ राज्यभरका बिरामी उपचारका लागि आउने गर्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =