प्रथम महिला सविता पौडेलले गरिन् मतदान
२०८२ फागुन २१ गते

दमौली । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत तनहुँमा आज बिहानैदेखि उत्साहपूर्ण रूपमा मतदान भइरहेको छ । यसै क्रममा प्रथम महिला सविता पौडेलले व्यास नगरपालिका-२ स्थित सत्यवती माध्यमिक विद्यालय मतदान केन्द्रबाट आफ्नो मताधिकार प्रयोग गरेकी छन् ।
जिल्ला निर्वाचन अधिकारी विकास लम्सालका अनुसार तनहुँका सबै मतदान केन्द्रहरूमा शान्तिपूर्ण र व्यवस्थित रूपमा मतदान कार्य अगाडि बढिरहेको छ । ‘बिहानैदेखि मतदाताहरू लाइनमा बसेर उत्साहका साथ मतदान गरिरहनुभएको छ,’ लम्सालले भने, ‘अहिलेसम्म कतै पनि अप्रिय घटना भएको छैन र सुरक्षा व्यवस्था कडा पारिएको छ ।’
२०८२ फागुन २१ गते
प्रतिक्रिया
सम्बन्धित








