कानून निर्माणको विषयलाई अड्कलबाजीको विषय बनाइनु हुन्न : कल्याण श्रेष्ठ

काठमाडौं । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले कानून निर्माणको विषयलाई अड्कलबाजीको विषय बनाउन नहुने बताएका छन् । कुष्ठरोगको क्षेत्रमा गरिएको एक विस्तृत अध्ययन प्रतिवेदन सार्वजनिक तथा नेपाल ल सोसाइटीद्वारा आयोजित छलफल कार्यक्रममा बोल्दै उनले सो कुरा प्रष्ट्याएका हुन् ।

पूर्वप्रधानन्यायाधीश श्रेष्ठले कानून निर्माणमा सम्बन्धित पक्षको सहभागिता नहुँदा त्यो कानून कार्यान्वयनका लागि योग्य हुने अवस्था नरहेकोतर्फ पनि सचेत गराए । उनले अन्धविश्वासको भरमा कानून निर्माण गर्ने कुराका कारण कुष्ठरोग निवारणमा पनि समस्या देखिएको तथ्य औँल्याए । पूर्वप्रधानन्यायाधीश श्रेष्ठले सम्बन्धित पक्षसँग अन्तरङ्ग कुराकानी गरेर मात्रै कानून निर्माण गर्नुपर्नेमा जोड समेत दिए ।

उनले भने, ‘कानून निर्माणको विषयलाई अड्कलको विषय बनाइनु हुन्न । किनभने कानून निर्माणमा सहभागिता राख्ने अवसर नै थिएन । कुष्ठरोगलाई महारोग भनिन्थ्यो । त्यसलाई छुनै नहुने रोगको रूपमा हेरियो । कुष्ठरोगको विषयमा किञ्चित विचार नै नगरीकन यसका विभिन्न चरणहरू छन् । यो निको हुन सक्छ । यसको इलाज हुन सक्छ । यसका कार्यक्रमहरू हुन सक्छन् । यसको सामान्यीकरण गर्न सकिन्छ । जीवनमा यसलाई पुनर्वास गर्न सकिन्छ । यी सबै सम्भावनाहरूलाई बन्द गरेर अन्धविश्वासको भरमा जब हामी कानून निर्माण गर्दछौँ । तब कानून यस्तै हुने गर्दछ । हामीले समाजमा यस्ता समस्याबारे राम्रोसँग संवाद नै गर्न नसकेको, यसका अन्तरङ्ग प्रश्नहरू गर्नै नसकेको र कुष्ठरोग प्रभावितहरू पनि उत्तिकै सम्मानित हुन् । उनीहरूले पनि उत्तिकै सम्मानका साथ जीवन जिउन सक्दछन् । समाज र राष्ट्रका लागि उनीहरूले योगदान दिन सक्दछन् भन्ने कुरालाई राम्रोसँग मान्यता नदिई कानून निर्माण गरिएको हुनाले यसको कार्यान्वयन हुन नसकेको हो ।’

पूर्वप्रधानन्यायाधीश श्रेष्ठले कुष्ठ निवारण हुने र उनीहरूले पनि समाज र राष्ट्रका लागि योगदान गर्न सक्छन् भन्ने कुरालाई भुल्न नहुने पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =