महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ: सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले महाधिवेशनले रास्वपालाई थप सुदृढ, जिम्मेवार र एकीकृत बनाउने बताएका छन् ।

पार्टीको पहिलो महाधिवेशनमा मतदानपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले महाधिवेशनपछि पार्टी थप बलियो र जिम्मेवार ढङ्गले अघि बढ्ने दृढता व्यक्त गरे ।

‘रास्वपाभित्र गुट–उपगुट नभएकाले एकीकृत भएर जानुको विकल्प छैन । महाधिवेशन प्रतिनिधिले दिएको निर्णयलाई आत्मसात गरी रास्वपालाई राम्रो बनाउने हाम्रो जिम्मेवारी हो’ उनले भने ‘पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन ।’

राजनीतिक पार्टी जीवनमा महाधिवेशनको ठूलो अर्थ रहने बताउँदै मन्त्री तिमिल्सिनाले महाधिवेशनले पार्टीलाई थप बलियो र एकीकृत बनाएर लैजाने धारणा व्यक्त गरे । उनले भने ‘पार्टीको तल्लो तहमा रही देशका कुना कुनाबाट आएका साथीहरुले रास्वपाको गति र भावना बोक्नेलाई विवेक पुर्याएर मतदान गरिराख्नुभएको छ । यही हो पार्टी जीवनको लोकतन्त्र ।’

मन्त्री तिमिल्सिनाले महाधिवेशनले छान्ने नेतृत्वले मुलुकको सबैभन्दा ठूलो राजनीतिक दल रास्वपालाई आमनागरिकको अपेक्षा अनुरुप अगाडि बढाउने विश्वास दिलाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 2 =