महाधिवेशनको मतदान प्रक्रियाप्रति राजीव खत्रीको टिप्पणी: ‘नो भोटको धज्जी उडाइयो’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद राजीव खत्रीले पार्टी महाधिवेशनको मतदान प्रक्रियाप्रति असन्तुष्टि जनाएका छन् ।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै खत्रीले आफ्नै प्रतिद्वन्द्वीलाई समेत अनिवार्य रूपमा भोट दिनुपर्ने व्यवस्थामाथि प्रश्न उठाएका हुन् ।

‘संसारमा यस्तो मतदान हुँदैन होला, जहाँ आफ्नै प्रतिद्वन्द्वीलाई अनिवार्य भोट दिनुपर्छ,’ उनले लेखेका छन् ।

उनले उक्त व्यवस्थाले ‘नो भोट’को अवधारणालाई समेत कमजोर बनाएको टिप्पणी गरेका छन् । ‘No Vote को धज्जी,’ खत्रीले स्टाटसमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − eleven =