निर्माण व्यवसायीलाई रविको जवाफः ‘डोरीले होइन,कानूनले बाँध्ने भनेको हो’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निर्माण व्यवसायीहरुलाई विज्ञप्ति निकालेर प्रतिक्रिया जनाउनुभन्दा विकास निर्माणका काममा केन्द्रित हुन आग्रह गरेका छन् ।

मंगलवार ईटहरीमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीले आफ्ना धारणा सार्वजनिक गर्दा केही पक्ष आत्तिएको टिप्पणी गर्दै अब देश विकास निर्माणको बाटोमा अघि बढिसकेको दाबी गरे ।

उनले निर्माण व्यवसायीहरुलाई दुई–तीन सिफ्टमा, रातदिन काम गर्नेगरी तयारी गर्न आग्रह गर्दै आवश्यक उपकरण पर्याप्त नभए नयाँ उपकरण खरिदको तयारी गर्न सुझाव दिए । ‘रास्वपाले आफ्ना कुरा राख्दै गर्दा कतिपय मानिसहरु आत्तिएको देखिएको छ । म निर्माण व्यवसायीलाई विज्ञेप्ती निकाल्न पर्दैन, ठूलाठूला इक्युपमेन्ट कसरी खरिद गर्ने हो, रातारात विकास कसरी गर्ने हो त्यतातिर लाग्नुस्, विज्ञप्ति निकाल्न पर्दैन भन्न चाहन्छु । अब देश विकास निर्माणको बाटोमा अगाडी बढ्दैछ । बाँध्ने भनेको कानूनले भनेको हो, मान्छेलाई डोरीले बाँध्ने भनेको होइन । कानूनले बाँधेर काम गराउने भनेको हो, कानूनले नै बाँध्ने हो’ उनले भने ।

सभापति लामिछानेले अब कानूनअनुसार काम हुने स्पष्ट पार्दै कसैलाई ‘डोरीले बाँध्ने’ नभई कानूनले नै बाँधेर काम गराइने बताए । रास्वपाका वरिष्ठ नेता बालेन्द्र साहले बाटो नबनाउँने निर्माण व्यवसायीलाई रुखमा बाँधेर काममा लगाउने अभिव्यक्ति दिएका थिए ।

साहको अभिव्यक्ति विरुद्ध नेपाल निर्माण व्यवसायी महासंघले आपत्ति जनाएपछि सभापति लामीछानेले प्रष्टीकरण दिएका हुन् ।

उनले अब देश विकास निर्माणको बाटोमा अघि बढ्ने भएकोले सुरक्षाको चिन्ता नगरी उपकरण खरिदमा लाग्न निर्माण व्यवसायीलाई आग्रह गरे ।

उनले नेपाली काँग्रेसका सभापति गगनकुमार थापालाई लक्षित गर्दै दुई दशकसम्म सत्ता र पदमा बसेका बेलामा काम गर्ने र अहिले आएर मात्रै सडक निर्माणका लागि कानून फेर्नुपर्ने ज्ञान आएको टिप्प्णी गरे । ‘२० वर्ष सांसद मन्त्री भएपछि बल्ल बाटो बनाउन कानून फेर्नुपर्छ भन्ने ज्ञान आयो तपाईहरुलाई, तपाईहरुको ज्ञान तपाईसंगै राख्नुहोला’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 4 =