यस्तो छ शेखर कोइरालाको ८ बुँदे अठोट पत्र (पूर्णपाठ)

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. शेखर कोइरालाले आगामी निर्वाचनका लागि आफ्नो चुनावी प्रतिबद्धता पत्र (अठोटपत्र) सार्वजनिक गरेका छन् । ‘संसदीय सर्वोच्चता, संविधानको रक्षा, स्थायित्व र समुन्नति’ भन्ने मुख्य लक्ष्यका साथ उनले आफ्ना योजनाहरू बाहिर ल्याएका हुन् ।

कोइरालाले सार्वजनिक गरेको अठोटपत्रमा विकास र सुशासनका ८ वटा प्रमुख क्षेत्रलाई प्राथमिकता दिइएको छ । जसमा लोकतन्त्रको सुदृढीकरण, सुशासन, शिक्षा, स्वास्थ्य, कृषि र किसानका समस्या, डिजिटल विकास, औद्योगिक प्रवद्र्धन र बाढी समस्याको स्थायी समाधान समावेश छन् ।

विशेषगरी संविधानको पूर्ण कार्यान्वयन र समयसापेक्ष संशोधनका लागि संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन् । लोकतन्त्रलाई जगैदेखि बलियो बनाउन र संसदीय प्रणालीको गरिमा जोगाउन आफू सदैव सक्रिय रहने उनले बताए ।

आर्थिक विकास र रोजगारीका सन्दर्भमा कोइरालाले ‘रोजगारीका लागि विदेश होइन, आफ्नै क्षेत्र’ भन्ने नारा अघि सारेका छन् । यो नारालाई सार्थक बनाउन मोरङका बन्द अवस्थामा रहेका उद्योगहरू पुनः सञ्चालन गर्ने र रुग्ण उद्योगलाई पुनर्जीवन दिने विशेष नीति लिइने अठोटपत्रमा उल्लेख छ । स्थानीय स्तरमै रोजगारीका अवसर सिर्जना गरी युवा पलायन रोक्ने उनको दाबी छ ।

यसका साथै, मोरङ ६ को मुख्य समस्याका रूपमा रहेको बाढी र डुबान नियन्त्रणका लागि दीर्घकालीन योजना कार्यान्वयन गर्ने र डिजिटल प्रविधिको माध्यमबाट विकासका गतिविधि अगाडि बढाउने उनले बताए । किसानका समस्या समाधान र शिक्षा-स्वास्थ्यमा सर्वसाधारणको पहुँच सुनिश्चित गर्ने विषयलाई पनि उनले विशेष महत्व दिएका छन् ।

हेर्नुहोस् पूर्णपाठ :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 17 =