धरान टेनके रनको उपाधि रावत र श्रेष्ठलाई

काठमाडौँ । धरानमा सम्पन्न १४औँ धरान १० के रनको उपाधि नरेन्द्रसिंह रावत र सन्तोषी श्रेष्ठ हात पारेका छन् ।

धरान १० (टेनके) किलोमिटर रनमा रावतले ३१ मिनेट ५१ सेकेण्डमा दौड पूरा गरेका थिए भने श्रेष्ठले ३७ मिनेट ३७ सेकेण्डमा पूरा गरेकी थिइन् । उनीहरुलाई नगद रु.६० हजार पुरस्कार प्रदान गरिएको छ ।

पुरुषतर्फ जुलियस मर्युकी ३१ मिनेट ५८ सेकेण्डमा दौड पूरा गर्दै दोस्रो भएभने महिलातर्फ पुष्प सेर्माले ४१ मिनेट ४४ सेकेण्डमा सो दूरी पार गरिन् । उनीहरुलाई पुरस्कारस्वरुप नगद रु.४० हजार प्रदान गरिएको छ ।

त्यसैगरी अमिर लिम्बू ३२ मिनेट ५० सेकेण्ड र प्रिया क्षेत्री ४२ मिनेट ३ सेकेण्डमा दौड पूरा गर्दै तेस्रो भइन् । उनीहरुलाई रु।३० हजार प्रदान गरियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =