पूर्वी पृतनामा सेनाको तस्बिर प्रदर्शनी
२०८२ फागुन ४ गते

सुनसरी । नेपाली सेना स्थापना दिवसका अवसरमा सुनसरी स्थित पूर्वी पृतना हेडक्वार्टरमा फोटो तथा नेपाली सेनासम्बन्धी प्रदर्शनी सुरु भएको छ ।
मङ्गलबारसम्म जारी रहने प्रदर्शनीमा सेनाले राष्ट्र र राष्ट्रिय हित संरक्षणका लागि निर्वाह गर्दै आएको भूमिका झल्कने तस्बिरका साथै विगतदेखि वर्तमानसम्मका राष्ट्रिय सैनिकका दुर्लभ तस्बिर समावेश गरिएका छन् ।
हतियार, सञ्चार उपकरण, सुरक्षा सामग्री तथा विपद् व्यवस्थापनमा प्रयोग हुने सामग्री पनि प्रदर्शनीमा राखिएका छन् ।
२०८२ फागुन ४ गते
प्रतिक्रिया
सम्बन्धित








