चीनको व्यावसायिक रकेट एसडी-३ द्वारा समुद्रबाट ७ वटा उपग्रह प्रक्षेपण
२०८२ फागुन १ गते

काठमाडौं । चीनले स्मार्ट ड्र्यागन-३ व्यावसायिक रकेटमार्फत समुद्रबाट सफलतापूर्वक सातवटा उपग्रहहरू प्रक्षेपण गरेको छ । जसमा पाकिस्तानको एउटा उपग्रह पनि सामेल छ ।
एसडी-३ व्यावसायिक रकेट दक्षिण चीनको गुआङडोङ प्रान्तको याङजियाङ तट नजिकैको समुद्रबाट बेइजिङ समय अनुसार दिउँसो २:३७ बजे प्रक्षेपण गरिएको थियो । ती सातवटा उपग्रहहरूमा पाकिस्तानको पिआरएससी-इओ२ उपग्रह पनि समावेश छ । यो अपतटीय प्रक्षेपण मिसन ताइयुआन उपग्रह प्रक्षेपण केन्द्रद्वारा सम्पन्न गरिएको थियो ।
२०८२ फागुन १ गते
प्रतिक्रिया
सम्बन्धित








