चलचित्र समिक्षा

कस्तो छ अहिले हलमा चलिरहेको फिल्म ‘कुमारी’?

काठमाडौँ । प्रेम कथा कलिउडमा सदाबहार रुचाइने विधा हुन् । हाल मेकरको उपेक्षामा परेको यस विधामा कमै फिल्महरू बन्ने गरेका छन् । केही समयअघि यसै विधामा बनेका फिल्म ‘उनको सुइटर’ र ‘जेरी अन टप’ ले दर्शकको अपार माया पाउँदै प्रदर्शनको ५१ दिन मनाएको थियो । यसैबीच निर्देशक दिनेश राउतले विशुद्ध प्रेम कथा रहेको फिल्म ‘कुमारी’ लिएर दर्शक माझ आएका छन् । यस फिल्मबाट अविषेक खड्का र आकृति राजभण्डारीले डेब्यु गर्दैछन् । फिल्मको लिड रोलका लागि मकरहरूको पहिलो रोजाई बाल कलाकारबाट आफ्नो करियर सुरु गरेका अनुभव रेग्मी थिए । तर पछि उनको सट्टामा अभिषेक खड्कालाई अनुबन्ध गरियो ।

थिएटर हुँदै पर्दामा आएका अभिषेकलाई ‘कुमारी’ मा लभर बोयको भूमिकामा देख्न सकिन्छ । यसअघि लभ स्टोरी जनरामा रुचाइएका अनमोल केसी, प्रदीप खड्का र पल शाहलाई जस्तै जेनजी अभिनेता अभिषेकलाई दर्शकले कति रुचाउलान् त, भन्ने कौतुहलता यस फिल्मले निर्माण गरिदिएको छ । साथै यसअघि बक्स अफिसमा खासै जम्न नसकेको चलचित्र प्रकाश, महाभोज, पुजार सार्की, प्रसाद लगायतका फिल्मपछि निर्देशन राउत पुन ‘लव स्टोरी’ फिल्ममा ब्याक भएका छन् । ‘आइ एम सरी’ बाट निर्देशन सुरु गरेका राउत, ‘नोभेम्बर रेन’ र ‘क्लासिक’ जस्ता सफल लव स्टोरी फिल्मका लागि परिचित छन् ।

‘कुमारी’ ले परम्परागत ट्रेलर–पोस्टरमै सीमित नरही, नेपालका मुख्य सहरहरूमा पुगेर कन्सर्टमार्फत प्रचार गर्दै फिल्मप्रति दर्शकको चासो बढाउँदै आएको छ । त्यसो भए कस्तो बनेको छ फिल्म ‘कुमारी’ । आउनुस् विस्तृतरुपमा चर्चा गरौँ ।

हेर्नुहोस् भिडिओ :

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =