माधव नेपाल अस्पताल भर्ना
२०८२ माघ १५ गते

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन् ।
रुघा, खोकी र ज्वरोको समस्याका कारण उनी अस्पतालमा भर्ना भएका हुन् ।
उनी बुधवार हिजो त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेका थिए । त्यहाँबाट उनलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा लगेर भर्ना गरिएको छ ।
स्रोतका अनुसार उनलाई रुघा, खोकी र ज्वरोसँगै सास फेर्न गाह्रो (घ्यार–घ्यार) हुने समस्या देखिएको छ ।
२०८२ माघ १५ गते
प्रतिक्रिया
सम्बन्धित








