‘पल्स आरएसपी’ डिजिटल प्लेटफर्म लागू गर्दै रास्वपा, सांसदलाई अभिमुखीकरण दिइने

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीले सांसदका गतिविधि, भेटघाट र निर्वाचन क्षेत्रका नागरिकको गुनासा व्यवस्थापनमा सहयोग पुग्ने गरी ‘पल्स आरएसपी’ डिजिटल प्लेटफर्म विकास गरेको छ।

पार्टीलाई डिजिटल बनाउँदै लैजाने प्रक्रियाअन्तर्गत उक्त सिस्टम निर्माण गरिएको रास्वपाले जनाएको छ।

रास्वपाले प्रतिनिधिसभा सदस्यलाई उक्त प्रणाली र साइबर सुरक्षासम्बन्धी सचेतना गराउने उद्देश्यले शुक्रबार बिहान साढे १० बजे सिंहदरबारस्थित दलको कार्यालयमा बैठक आयोजना गरिएको मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले जानकारी दिए।

उक्त प्रणाली सञ्चालनमा आएसँगै संसद् बैठक लगत्तै हरेक सांसदले आफ्ना गतिविधि अनिवार्य ‘सिस्टम’ मा ‘अपडेट’ गराउनुपर्ने जनाइएको छ ।

उक्त सिस्टमबाट एक अर्कासँग भेटघाटका लागि समय माग गर्न सकिने, संसद्मा बोल्ने विषयवस्तुसमेत सोही सिस्टममा अपडेट हुनुपर्ने तथा निर्वाचन क्षेत्रमा भएका भ्रमण, भेटघाटजस्ता कार्यक्रमको जानकारी सोही प्रणालीमा राख्नुपर्नेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − one =