स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक बहुमतले पारित
२०८३ असार १८ गते

काठमाडौँ । प्रतिनिधि सभाबाट स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३ पारित भएको छ ।
सभाको बिहीबारको बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।
बैठकले उक्त प्रस्ताव बहुमतले पारित गरेको हो । त्यसअघि बैठकमा विधेयकमाथि परेका संशोधनमाथि छलफल भई निर्णयार्थ प्रस्तुत गरिएको थियो ।
२०८३ असार १८ गते
प्रतिक्रिया








