सहकारी विधेयक बहुमतले पारित

काठमाडौँ । सहकारी (पहिलो संशोधन) विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ ।

सभाको बिहीबारको बैठकमा भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ लाई पारित गरियोस्’ बहुमतले पारित गरिएको हो ।

यसअघि बैठकमा विधेयकमाथिका संशोधन प्रस्ताव प्रस्तुत हुनुका साथै दफावार छलफल भएको थियो । छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री रावलले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्नको लागि सहकारी ऐन, २०७४ लाई संशोधन गर्न लागिएको जानकारी दिए ।

उनले सहकारी बचतकर्ताको रकम फिर्ता गर्ने चक्रीय कोषमा राज्यको कोषको पैसा नहालिएको जिकिर गरे । उनले अघिल्लो सरकारले विनियोजन गरेको २५ करोड रुपैयाँबाट कोष सञ्चालन गरिएको बताए ।

उनले सहकारी बचत रकम अपचलनमा संलग्न सञ्चालक र व्यवस्थापकको सम्पत्ति जफत तथा ऋण असुलीमार्फत बचतकर्ताको रकम फिर्ता गरिने समेत स्पष्ट पारे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =