भारतले मनायो ७७ औँ गणतन्त्र दिवस

काठमाडौं । भारत सरकारले सोमवार कडा सुरक्षा व्यवस्थाका बीच देशको ७७ औँ गणतन्त्र दिवस मनाएको छ । नयाँ दिल्लीमा आयोजित मुख्य समारोहमा भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले राष्ट्रिय झण्डा फहराए । जसपश्चात् राष्ट्रिय गान बजाइएको थियो ।

परम्परा अनुसार परेडको शुरुवात गर्न २१ तोपको सलामी समेत दिइएको थियो । युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टा र युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेन परेडमा मुख्य अतिथिका रूपमा सहभागी थिए। समारोहमा सैन्य दस्ता, प्रहरी र अर्धसैनिक बलले मञ्च अगाडि मार्च पास्ट गरेका थिए । परेडका क्रममा रङ्गीचङ्गी सांस्कृतिक प्रस्तुतिहरू पनि प्रदर्शन गरिएका थिए ।

भारतमा गणतन्त्र दिवसले देशको संविधान अंगीकार गरिएको ऐतिहासिक दिनलाई स्मरण गराउँछ । अधिकारीहरूका अनुसार गणतन्त्र दिवसको पूर्वसन्ध्यामा राष्ट्रिय राजधानीमा व्यापक सुरक्षा व्यवस्था मिलाइएको थियो । बहु–स्तरिय सुरक्षा प्रबन्धको हिस्साका रूपमा अधिकारीहरूले शहरभर ३० हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 7 =