अफगानिस्तानमा भारी हिमपात र वर्षाका कारण ६१ जनाको मृत्यु, ११० घाइते
२०८२ माघ १२ गते

एजेन्सी । अफगानिस्तानमा विगत केही दिनदेखि जारी भारी हिमपात र वर्षाका कारण ठुलो जनधनको क्षति भएको छ ।
राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणकाअनुसार प्राकृतिक विपत्तिमा परी कम्तीमा ६१ जनाले ज्यान गुमाएका छन् भने ११० जना घाइते भएका छन् ।
यस प्रकोपले अफगानिस्तानका विभिन्न क्षेत्रमा ४५८ घरहरू पूर्ण वा आंशिक रूपमा ध्वस्त पारेको छ । प्राधिकरणले यो तथ्याङ्क प्रारम्भिक भएको र हाल विभिन्न स्थानमा सर्वेक्षण तथा मूल्याङ्कन जारी रहेकाले मृतक र घाइतेको संख्या बढ्न सक्ने बताएको छ ।
विगत तीन दिनदेखि जारी अत्यधिक चिसो र हिमपातका कारण राजधानी काबुललाई अन्य प्रान्तहरूसँग जोड्ने मुख्य राजमार्गहरू समेत अवरुद्ध भएका छन् ।
२०८२ माघ १२ गते
प्रतिक्रिया
सम्बन्धित








