दमकमा ओलीका युवा सारथि नै बालेनतिर !

झापा । राष्ट्रिय युवा सङ्घ नेपाल, दमक नगर कमिटीका अध्यक्ष तथा नेकपा (एमाले) का संगठित सदस्य छवि खतिवडाले पार्टी तथा सङ्गठनबाट अलग भएको घोषणा गरेका छन् ।  साथै, राष्ट्रिय युवा सङ्घका उपाध्यक्ष विजय तामाङले पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन्।

खतिवडाले माघ ७ गतेदेखि औपचारिक रूपमा नेकपा (एमाले) र राष्ट्रिय युवा सङ्घसँगको सम्पूर्ण जिम्मेवारी परित्याग गर्दै झापा–५ का उम्मेदवार बालेन शाहको चुनावी अभियानमा साथ–समर्थन जनाउने निर्णय लिएका हुन् ।

सामाजिक सञ्जालमार्फत सार्वजनिक वक्तव्य जारी गर्दै खतिवडाले परिवर्तनलाई आत्मसात् गर्दै बाँकी राजनीतिक जीवन स्वतन्त्र रूपमा अघि बढाउने बताएका छन् । उनले झापा–५ मा वैकल्पिक तथा परिवर्तनकारी राजनीतिक धारलाई बलियो बनाउने उद्देश्यसहित बालेन शाहको अभियानमा सक्रिय रूपमा लाग्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + nineteen =