१६५ वटै क्षेत्रमा एमालेको उम्मेदवारी, ५४.५४ प्रतिशत नयाँ अनुहार (सूचिसहित)

काठमाडौं । नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ । यसपटक एमालेले अघिल्ला निर्वाचनको तुलनामा उल्लेख्य संख्यामा नयाँ अनुहारलाई अघि सारेको छ ।

केन्द्रीय प्रचार विभाग प्रमुख मीनबहादुर शाहीका अनुसार एमालेले अगाडि सारेका कुल उम्मेदवारमध्ये ५४.५४ प्रतिशत नयाँ अनुहार छन् । प्रदेशगत रूपमा हेर्दा मधेस र सुदूरपश्चिम प्रदेशमा ५०–५० प्रतिशत तथा कोशी प्रदेशमा ५३.५७ प्रतिशत नयाँ उम्मेदवार रहेका छन् ।

सबैभन्दा धेरै नयाँ उम्मेदवार कर्णाली प्रदेशमा ७५ प्रतिशत रहेको छ भने सबैभन्दा कम लुम्बिनी प्रदेशमा ४२.३० प्रतिशत मात्रै नयाँ अनुहार समेटिएको छ । त्यस्तै बागमती प्रदेशमा ६०.६० प्रतिशत र गण्डकी प्रदेशमा ६१.११ प्रतिशत नयाँ उम्मेदवार रहेका शाहीले जानकारी दिए ।

एमालेले प्रत्यक्षतर्फ भने महिलालाई सीमित संख्यामा मात्रै उम्मेदवार बनाएको छ । बर्दिया–२ बाट विमला विक उम्मेदवार बनेकी छन् । यस्तै तनहुँ–१ बाट भगवती न्यौपाने, बागलुङ–२ बाट मञ्जु शर्मा चालिसे, धनुषा–३ बाट जुली महतो, बारा–३ बाट ज्वालाकुमार साह, पर्साबाट रिमाकुमारी यादव, सुनसरी–३ बाट भगवती चौधरी उम्मेदवार छन् ।

त्यसैगरी सोलुखुम्बुबाट कल्पना राई, ओखलढुंगाबाट अस्मिता थापा र उदयपुर–१ बाट दुर्गा थापा स्वस्ती एमालेको तर्फबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका छन् ।

नयाँ अनुहारलाई प्राथमिकता दिँदै संगठनलाई थप सुदृढ बनाउने उद्देश्यसहित उम्मेदवारी तय गरिएको एमालेको दाबी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 16 =