मतदाताको घरदैलोमा पुगेर भलाकुसारी गर्दै बालेन (तस्बिरहरू)

दमक । झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) बुधबार बिहानैदेखि मतदातासँगको भलाकुसारीमा व्यस्त भएका छन् । मंगलबार मनोनयन दर्ता गराएलगत्तै उनी चुनावी अभियान बोकेर गाउँ-बस्ती छिरेका हुन् ।

काठमाडौँ महानगरको प्रमुखको अनुभव बटुलेर संघीय संसदको यात्रा तय गरेका बालेनले बुधबार बिहानैदेखि झापा-५ का विभिन्न टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका छन् । उनले समुदायका ज्येष्ठ नागरिक, युवा, किसान र व्यवसायीहरूसँग व्यक्तिगत रूपमा भेटेर उनीहरूका समस्या सुन्दै आफ्ना योजना सुनाइरहेका छन् ।

घरदैलोका क्रममा बालेन निकै सरल रूपमा प्रस्तुत भएका छन् । युवा पुस्ताले रुचाएका बालेन र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको प्रतिष्पर्धाले झापा-५ को चुनावी राप निकै बढेको छ ।

एमाले अध्यक्ष ओलीले यस क्षेत्रबाट आठौँ पटक निर्वाचन लड्दै गर्दा बालेनले भने पहिलो पटक झापाबाट चुनौती दिएका हुन् । फागुन २१ गते हुने निर्वाचनका लागि रास्वपाले बालेनलाई ‘भावी प्रधानमन्त्री’ का रूपमा अघि सारेको छ ।

तस्बिरहरू :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =