१७ औँ राष्ट्रिय बाल नाटक महोत्सव माघ २६ गते देखी, १८ वटा नाटक छनोट

काठमाडौँ । १७ औँ राष्ट्रिय बाल नाटक महोत्सव माघ २६ गते देखी फागुन २ गतेसम्म हुने भएको छ। रुसी सदन, कमलपोखरीमा महोत्सव आयोजना हुने भएको हो। महोत्सवमा आयोजक बाहेक १८ वटा नाटक छनोट भएका छन्।
१७औँ राष्ट्रिय बाल नाटक महोत्सवका निर्देशक नवराज बुढाथोकीले बताए अनुसार महोत्सवका लागि आएका ४१ वटा स्क्रिप्टबाट नाटक छनोट भएको,’ । महोत्सव शैली थिएटर, ओजस थिएटर र रुसी सदन,काठमाडौँमा आयोजनामा हुनेछ ।
महोत्सवमा छनोट भएका नाटकहरूमा श्री महेन्द्र आदर्श मा.वि ललितपुरको ‘हामी एकै हौ’,मेधाश्री विद्यालय, काठमाडौँको ‘यशस्वी भवः’, हामी दाजुभाइ संस्था ललितपुरको ‘के यो माया हो ?’, इन्टरनेसनल स्कुल धुम्रबाराही, काठमाडौँको ’ अब उठ्नु छ’, काभ्रे ईङलिस माध्यमिक विद्यालय पनौती काभ्रेको ’सपनाको पुल’, स्प्रिङ हिल ईङलिस बोर्डिङ स्कुल काभ्रेको ‘सुनको, जुत्ता’ र प्रगति प्रभात एकेडेमी काभ्रेको ‘आमाको आशा’ रहेका छन् ।
त्यसैगरि, विद्या सागर ईङलिस बोर्डिङ स्कुल,काभ्रेको ‘फाटेको गोजी’, ज्ञान ज्योति एजुकेसन फाउन्डेसन, दाङको ‘रगतले लेखिएको सपना’, मृगशिरा वल्र्ड स्कुल,काठमाडौँको ‘सेतो जुत्ता’,मेरी गोल्ड स्कुल भक्तपुरको ‘पार्वती’, होली एन्जल्स पब्लिक स्कुल काठमाडौँको ‘फूलको थुङ्गा’ महोत्सवमा छनोट भएका छन् ।
त्यस्तै, रिम्स स्कुल काठमाडौँको ‘रातो फूल’,रेड स्टार मा.वि.मोरङको ‘रात चिन्र्या भानु’, मकालु मोरङ स्कुल, मोरङको ‘कमिला र फट्याङ्ग्रो’, माउन्ट हर्मन चिल्ड्रेन मोरङको ‘श्रवण कुमारको कथा’, मादे स्कुल काठमाडौँको ‘लुकेको कथा’ र गैँडाकोट ईङलिस स्कुल गण्डकीको’ हजुरबा ! कथा सुनाउनुस् न ! सहित १७ वटा नाटक महोत्सवका लागि छनोट भएका छन् ।








