आधिकारिकता जोगाउन आयोग पुग्यो देउवा पक्षको जम्बो टोली (तस्बिरहरू)

काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद र नेतृत्वको लडाइँ औपचारिक रूपमै निर्वाचन आयोगको दैलोमा पुगेको छ । गगन-विश्व समूहले ‘दोस्रो विशेष महाधिवेशन’ मार्फत गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको घोषणा गरेपछि संस्थापन पक्षले आफ्नो आधिकारिकता जोगाउन शुक्रबार बिहानै निर्वाचन आयोगमा शक्ति प्रदर्शन गरेको हो ।
कान्तिपथस्थित आयोगको कार्यालयमा देउवा पक्षका शीर्ष नेतादेखि कार्यकर्तासम्मको बाक्लो उपस्थिति छ । गगन थापा नेतृत्वको समूहले बिहीबार मात्रै आधिकारिकताको माग गर्दै आयोगमा निवेदन दर्ता गराएको थियो । सोही निवेदनको प्रतिवाद गर्न र देउवा नेतृत्वको कांग्रेस नै वैधानिक रहेको दाबी पेस गर्न नेताहरू आयोग पुगेका हुन् ।
उपसभापति पूर्णबहादुर खड्का, रमेश लेखक, विमलेन्द्र निधि, रमेश रिजाल, डा. मीनेन्द्र रिजाल, एनपी साउद, श्याम घिमिरे, धनराज गुरुङ, कल्याण गुरुङ र जीतजंग बस्नेत लगायतका नेताहरू आयोग पुगेका छन् । केन्द्रीय पदाधिकारी, सदस्यहरू, जिल्ला सभापतिहरू तथा भ्रातृ संगठनका प्रतिनिधिहरू सहितको टोलीले आयोगका पदाधिकारीहरूसँग छलफलको तयारी गरिरहेको छ ।
तस्बिरहरू :-










