फिल्म ‘भाइरल गोर्खे’: मनोरञ्जनसँगै सामाजिक सन्देश (भिडिओ)

काठमाडौँ । अभिनेता सौगात मल्ल अभिनीत फिल्म ‘भाइरल गोर्खे’ आजदेखि देशभर प्रदर्शनमा आएको छ । यस फिल्ममा अभिनेता सौगात मल्लसँगै सृष्टि श्रेष्ठ, बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, ऋषि धमला, रवि भुजेल र मिस पविको महत्त्वपूर्ण भूमिका रहेको देख्न सकिन्छ ।
सामाजिक सञ्जालले निम्ताएको सकारात्मक र नकारात्मक प्रभावको कथावस्तुमा आधारित यस फिल्मलाई निर्देशक निगम श्रेष्ठले निर्देशन गरेका हुन् । निर्देशक श्रेष्ठले यसअघि नै सौगात मल्ललाई शीर्ष भूमिकामा लिएर एक्सन–ड्रामा चलचित्र ‘छड्के’ निर्माण गरेका थिए । जसलाई ‘नेपाली सिनेमामा नयाँ ट्रीटमेन्ट र बोल्ड कथा ल्याएको मानिन्छ । त्यस्तैगरि उनले छड्के-२ पनि निर्देशन गरे । जुन फिल्मले कलाकारको फी समेत रिकभर गर्न नसक्ने न्यून व्यापार गर्यो । त्यसकारण उक्त फिल्मलाई नेपाली सिनेमा बजारमा फ्लप फिल्म मानिन्छ ।
त्यसोभए फिल्म भाइरल गोर्खे’ चाहिँ कस्तो बनेको छ त, आउनुस्, ढिला नगरी हामी अगाडी बढौँ यसको रिभ्युतर्फ ।
हेर्नुहोस् भिडिओ रिभ्यु:








