कांग्रेस विशेष महाधिवेशनमा मनोनयन दर्ता (तस्बिरहरू)
२०८२ पुस २९ गते

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि उम्मेदवारहरूको मनोनयन दर्ता प्रक्रिया सुरु भएको छ ।
भृकुटीमण्डपमा जारी महाधिवेशनको बन्द सत्रमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पेस गरेको प्रतिवेदन पास भएपछि निर्वाचन प्रक्रिया अघि बढेको हो ।
निर्वाचन समिति संयोजक सीताराम केसीका अनुसार मंगलबार साँझबाटै भृकुटीमण्डपमा उम्मेदवारहरूको मनोनयन दर्ता सुरु भएको छ ।
यसअघि मतदाता नामावली प्रकाशन, उजुरी संकलन तथा अन्तिम सूची प्रकाशनपछि मनोनयन प्रक्रिया अगाडि बढाइएको छ ।
विशेष महाधिवेशनले वर्तमान केन्द्रीय कार्यसमिति विघटन गरी नयाँ नेतृत्व चयन गर्ने लक्ष्य राखेको छ ।

२०८२ पुस २९ गते
प्रतिक्रिया
सम्बन्धित









