दुई करोड २४ लाखका भेप बरामद
२०८२ पुस २९ गते

मुस्ताङ । कोरला नाकाबाट रु दुई करोड २४ लाख मूल्य बराबरका विद्युतीय चुरोट (भेप) बरामद भएको छ ।
नेपाल प्रहरी,सशस्त्र प्रहरी बल र मुस्ताङ भन्सार कार्यालयले सोमबार साँझ ना ६ ख ७५९१ नम्बरको कन्टेनरबाट १६ हजार थान भेप बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सन्तोष बस्यालका अनुसार कन्टेनर र त्यसका चालक सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका—५का पेमा लामालाई नियन्त्रणमा लिइएको छ ।
यसअघि गत वर्ष पनि ६ करोड ८१ लाख बराबरका भेप बरामद भएका थिए ।
२०८२ पुस २९ गते
प्रतिक्रिया
सम्बन्धित









