पाँच सय जनाले पाए सुधारिएको चुलो

दाङ । तुलसीपुर उपमहानगरपालिकाले १९ वडामा २६ वटाका दरले ५०० वटा फलामे चुलो वितरण गरेको छ ।

वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र, हरित जलवायुकोष र तुलसीपुर उपमहानगरपालिका एवं उपभोक्ताको लागत सहभागितामा चुलो वितरण गरिएको उपमहानगरपालिकाका मुख्य सम्पर्क व्यक्ति टेकबहादुर खड्काले जानकारी दिए ।

वितरण गरिएका चुलोमा १५ प्रतिशत उपमहानगरपालिकाले, पाँच प्रतिशत उपभोक्ताको र बाँकी वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र र हरित जलवायु कोषले व्यहोर्ने भएको छ ।

चुलो विद्युत्को सहायताले बल्छ, जसले गर्दा दाउरा तथा गुइँठाको बचत हुने भएकाले नागरिकको चाहनाअनुसार चुलो वितरण गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − six =