रास्वपाले सच्यायो केन्द्रीय सदस्यहरूको सूची

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका सदस्यहरूको सूची सच्याएको छ ।

भुवन केसीको अध्यक्षतामा रहेको केन्द्रीय निर्वाचन आयोगले संशोधित सूची सार्वजनिक गरेको हो ।

उम्मेदवारहरूले बढी मत ल्याउँदा पनि क्लस्टर मिलाउने क्रममा अन्याय भएको गुनासो गरेका थिए । त्यसपछि आयोगले मतपरिणाम र सम्बन्धित कागजात पुनः अध्ययन गरेको जनाइएको छ ।

संशोधित सूचीअनुसार कृष्णमान श्रेष्ठ र सोम शर्माको नाम हटाइएको छ । उनीहरूको स्थानमा ध्रुवकुमार थापामगर र पूजा बास्तोलालाई केन्द्रीय सदस्य घोषणा गरिएको छ ।

आयोगका अनुसार जनजाति क्लस्टरतर्फ प्रारम्भिक नतिजामा त्रुटि भएको थियो । मतपरिणाम र उम्मेदवारीका कागजात पुनः परीक्षण गर्दा ध्रुवकुमार थापामगर निर्वाचित भएको पुष्टि भएको हो ।

त्यस्तै, गण्डकी प्रदेशतर्फको मतपरिणाममा पूजा बास्तोला निर्वाचित हुनुपर्नेमा सोम शर्मालाई घोषणा गरिएको थियो। सो त्रुटि सच्याउँदै बास्तोलालाई निर्वाचित घोषणा गरिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 4 =