बिहान ११ बजे कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्ने भएको छ । बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी कार्यसमिति बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरु र सात वटै प्रदेशका सभापतिहरूलाई उपस्थित हुन निर्देशन गरिएको छ ।

कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अग्रसरतामा आइतबारदेखि काठमाडौँको भृकुटीमण्डपमा दोस्रो विशेष महाधिवेशन जारी छ ।

यो सहित समसामयिक राजनीतिक विषयमा छलफल र निर्णय गर्न बैठक बोलाइएको बुझिएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =