गगन–विश्वप्रकाशलाई विनोद चौधरीको आग्रहः नेतृत्वमा पुग्ने यात्रालाई अधुरो नछोड्नुस्

काठमाडौं । नेपाली काँग्रेसका निःवर्तमान सांसद एवं उद्योगपति विनोद चौधरीले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई पार्टीको नेतृत्वमा पुग्ने अभियानबाट पछि नहट्न आग्रह गरेका छन् ।

आईतवारबाट काठमाडौंमा शुरु भएको पार्टीको विशेष महाधिवेशनमा बोल्दै उनले सो कुरा बताएका हुन् ।

नेता चौधरीले विशेष महाधिवेशन पक्षधरहरुले युवा नेतृत्व चाहेको र त्यो अभियानलाई महामन्त्रीद्वय थापा र शर्माले अधुरो छोडन नमिल्ने समेत बताए ।

उनले महामन्त्रीद्वयले पार्टीको नेतृत्व लिनुपर्ने र मुलुकलाई युवाहरुको सपना पूरा हुनेगरी विकासको खुड्किलोमा अघि बढाउनुपर्ने बताए ।

नेता चौधरीले मुलुकमा बलियो अर्थतन्त्र निर्माण गर्ने काममा पनि अगुवाई काँग्रेसबाट भएको हेर्न चाहेको समेत बताए ।

उनले आगामी निर्वाचनमा नेपाली काँग्रेसले ५० प्रतिशत भन्दा बढी युवाहरुलाई उम्मेदवार बनाउनुपर्ने प्रश्ताव समेत गरे ।

नेता चौधरीले नेपाली काँग्रेसले जेन–जीको भावनाअनुसार चल्नुपर्ने समेत बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 5 =