एमाले केन्द्रीय कमिटी बैठक जारी (तस्बिरहरू)

काठमाडौँ । नेकपा (एमाले) को दोस्रो केन्द्रीय कमिटी बैठक जारी छ ।

११ औँ राष्ट्रिय महाधिवेशनपछि गत पुस ४ गते बसेको पहिलो केन्द्रीय कमिटी बैठकले नै यो दोस्रो बैठक पुस २६ र २७ गतेका लागि तोकेको थियो ।

बैठक बिहान ११ बजेबाट सुरु भएको हो । बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक स्थिति, पार्टीको भूमिका र आगामी प्रतिनिधि सभा निर्वाचनको तयारीलगायतका विषयमा निर्देशन दिने कार्यक्रम छ ।

मुख्य एजेन्डामा फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको रणनीति र समग्र चुनावी तयारी रहेको बताइएको छ । यसअघि सचिवालय बैठकहरूले गरेका निर्णयहरूलाई पनि यो बैठकले अनुमोदन गर्ने अपेक्षा गरिएको छ ।

हेर्नुहोस् तस्बिरहरू:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =