पूर्वमन्त्री तथा वरिष्ठ पत्रकार होमनाथ दाहालको निधन

काठमाडौं । पूर्वमन्त्री होमनाथ दाहालको निधन भएको छ । शुक्रबार साँझ काठमाडौँमा उनको निधन भएको हो ।

८४ वर्षीय दाहाल केही समयदेखि अस्वस्थ थिए । परिवारका अनुसार शनिबार बिहान ७ बजेदेखि ९ बजेसम्म मैतीदेवीस्थित निजी निवासमा श्रद्धाञ्जली अर्पण गरिनेछ । त्यसपछि ९:३० बजे पशुपति आर्यघाटमा श्रद्धाञ्जलीसहित दाह संस्कार गरिनेछ ।

दाहालकी धर्मपत्नी सुधा दाहाल हाल वीर अस्पतालमा उपचाररत छिन् । उनका दुई छोरा डा. सुधांशु र हिमांशु दाहाल छन् । दाहाल नेपालको प्रजातान्त्रिक आन्दोलनका सक्रिय योद्धा र वरिष्ठ पत्रकार थिए । उनी नेपाल पत्रकार महासङ्घका पूर्वसभापति समेत हुन् ।

ओखलढुङ्गाको तत्कालीन बरुणेश्वर गाउँपालिकामा जन्मिएका दाहाल नेपाली कांग्रेसको मुखपत्र राष्ट्र पुकार साप्ताहिकका सम्पादक थिए । उनले नेपाली कांग्रेस ओखलढुङ्गा जिल्ला सदस्य तथा तत्कालीन नेपाली कांग्रेस (प्रजातान्त्रिक) को केन्द्रीय सदस्यको जिम्मेवारी पनि निर्वाह गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 5 =