स्वास्थ्य करसम्बन्धी सबै बजेट स्वास्थ्य मन्त्रालयले पाउनुपर्छ: स्वास्थ्यमन्त्री

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले स्वास्थ्य कर कोषको बजेट सम्बन्धित मन्त्रालयमा नै खर्च गर्न अर्थ मन्त्रालयलाई दबाब दिएकी छन् ।
विभिन्न देशका अनुभव र स्वदेश भित्रकै विज्ञहरूले दिएको सुझावको आधारमा पनि स्वास्थ्य मन्त्रालयले सो बजेट पाउनुपर्ने उनको तर्क थियो । शुक्रवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री गौतमले सो कोषको बजेट सबै स्वास्थ्य मन्त्रालयले पाउनुपर्ने समेत बताए ।
त्यस अवसरमा उनले बजेटको माग गर्दा जिम्मेवार भएर प्रस्तुत हुन पनि मातहतका निकायलाई सचेत गराए । मन्त्री गौतमले प्रमाणको आधारमा मात्रै कर्मचारीहरूले बजेटको माग गर्नुपर्नेतर्फ पनि सचेत गराइन् ।
उनले भनिन् ‘विभिन्न सुझावहरू पनि आएका छन् । अन्य देशका अनुभवहरू पनि छन् । ती पनि सही छन् । कतिपय अवस्थामा विभिन्न टयाक्सहरु लगाऊ र यता देऊ भनेर हेल्थ फाइनान्सका समग्र कुराहरू आएका छन् । जुन हामीले पनि भनिराखेको हो । हाम्रो स्वास्थ्य कर कोषमा धूम्रपानको त उठेकै छ । त्यो पनि हामीले सबै पाउँदैनौ । अव सरकारलाई, अर्थ मन्त्रालयलाई घचघच्याइनु । तर मैले के इभिडेन्सको आधारमा म माग्न जाऊ ? इभिडेन्स चाहियो नि मलाई त । आजको यो कार्यक्रमको पर्पोज के थियो भने यो सबै एनलाईसिस गर्नुहोस् । इभिडेन्स ल्याउनुहोस् । त्यो इभिडेन्सलाई लिएर गएर पैसा माग्नु पयो नि । नत्र पैसा मात्रै दिनुस् भनेर अर्थ मन्त्रालयमा भनेर मात्रै हुँदैन । त्यहाँ त मलाई मलको पैसा दिनुस् भन्दा चुनाव गराउनु छ भन्ने हुन्छ । राज्यको स्वास्थ्य बिमा मात्रै एउटा कार्यक्रम त होइन । यावत कुराहरू छन् । विभिन्न मन्त्रालयका कुराहरू छन् । चाप छ ठुलो अर्थतन्त्रमा । त्यसकारण इभिडेन्समा आधारित हुनुपर्यो । हामी त चिकित्सकहरू, जहिले पनि इभिडेन्स नभई स्वास्थ्यकर्मीहरूले बोल्दैनन् । इभिडेन्स नभई ट्रिटमेन्ट गर्दैनन् । त्यसकारण हाम्रो कहाँ कहाँ समस्या देखियो ? ती समस्याको समाधान कहाँ कहाँ छन् ? ती सबै गरेर अनि मलाई यति पैसा नभई भएन भन्यो भने अनि बल्ल खोज्नु पर्यो । त्यो सरकारले खोज्छ । हामीले देशको इकोनोमिक अवस्था पनि रियलाईज गरौँ । हामी सबै जिम्मेवार नागरिक हौँ । हामी त अझ विद्वान पढेलेखेका मान्छे हौँ । जसले गाइड गर्नुपर्छ सरकारलाई । गलत भयो भने पनि भएन भन्नुपर्छ सरकारलाई । हामीले माग्ने मात्रै होइन । त्यो हामीले गर्नुपर्छ ।’
मन्त्री गौतमले मुलुकलाई आर्थिक चापमा रहेकाले त्यसको आधारमा अघि बढ्न पनि कर्मचारीलाई निर्देशन दिइन् ।









