आज कति छ काठमाडौंको न्यूनतम तापक्रम ?

काठमाडौं । आज (बुधबार) पनि काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम हिजोकै हाराहारीमा देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद्का अनुसार अनुसार आज बिहान ५ः४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस देखिएको हो ।

मंगलबार यो समय काठमाडौँको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस थियो । तर पछि बिहान ८ः४५ बजे थप घटेर मंगलबार काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस कायम भएको थियो । आजको आधिकारिक न्यूनतम तापक्रम पनि सोही समयमा पुनः मापन गरिनेछ । त्यतिबेला काठमाडौँको न्यूनतम तापक्रम अरू घट्ने सम्भावना हुन्छ ।

मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ । न्यूनतम तापक्रम बिहान ८ः४५ बजे र अधिकतम तापक्रम साँझ ५ः४५ बजे मापन गरिन्छ । सबैभन्दा तल झरेको तापक्रम न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि चढेको तापक्रम अधिकतम तापक्रम हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 3 =