वैदेशिक अध्ययनको काउन्सिलिङ गर्न एबि अप्लाईको एजुकेशन फेयर

काठमाडौं । विद्यार्थीलाई वैदेशिक अध्ययनको काउन्सिलिङ गर्न पुतलीसडकस्थित एबि अप्लाईले मंगलबार काठमाडौंमा ‘एजुकेशन फेयर’ आयोजना गरेको छ ।
फेयरमा सहभागी विद्यार्थीले विश्वका उत्कृष्ट विश्वविद्यालय, कलेज र त्यहाँको कोर्स तथा शुल्कबारे जानकारी पाएको मार्केटिङ कोर्डिनेटर नारायण केसीले बताए । “कुन देशमा जानका लागि के कति खर्च लाग्छ र शैक्षिक कोर्स के कस्तो छ भनेर पनि जानकारी पाए,” उनले भने ।
फेयरको उद्घाटन नेपाल शैक्षिक परामर्श संघका पूर्वअध्यक्ष प्रकाश पाण्डेले गरेका थिए । फेयरमा सहभागी विद्यार्थीलाई विभिन्न गिफ्ट ह्याम्पर, सिनेमाको टिकट र फुड भौचर प्रदान गरिएको थियो ।
अमेरिका, अष्ट्रेलिया, यूके, क्यानडा र न्यूजिल्यान्डका १९ कलेज तथा विश्वविद्यालयका प्रतिनिधिले विद्यार्थीलाई परामर्श प्रदान गरेका थिए ।
उच्च शिक्षाको गन्तव्य विदेश बनाएर अध्ययन गर्न चाहने विद्यार्थीलाई सही परामर्श, पढ्न चाहने विषयको जानकारी, लाग्ने शुल्क, विश्वविद्यालयको प्रक्रिया, विदेशमा गइसकेपछि चाल्नुपर्ने कदम, अप्लाई गर्ने बेला बनाउनुपर्ने डकुमेन्ट र भाषा शिक्षणको प्रक्रियाबारे सहजीकरण गर्ने उद्देश्यले फेयरको आयोजना गरिएको केसीले बताए ।









