एल.आर.आर मोटर्सद्वारा ‘एक्लो–१’ चलचित्रका लागि विशेष प्रदर्शन आयोजना

ब्राण्ड एम्बेसडर विजय लामाको सम्मान

काठमाडौं । नेपालका लागि जेवाई एयर ईभीको आधिकारिक आयातकर्ता तथा वितरक एल.आर.आर मोटर्सले आफ्नो ब्राण्ड एम्बेसडर तथा वरिष्ठ हवाई क्याप्टेन विजय लामा अभिनीत चलचित्र ‘एक्लो–१’ का लागि विशेष प्रदर्शन आयोजना गरेको छ ।

कम्पनीले जेवाई एयर ईभीका ग्राहकहरू, उनीहरूका परिवार तथा साथीहरू र सञ्चारकर्मीहरूलाई लक्षित गरी चलचित्रको सामूहिक प्रदर्शन गरेको हो । गत हप्तादेखि देशभरका हलहरूमा सफलतापूर्वक प्रदर्शन भइरहेको ‘एक्लो–१’ लाई समर्थन गर्दै कम्पनीले टिकटहरू खरिद गरी नेपाली चलचित्र उद्योगलाई प्रोत्साहन गरेको जनाएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै एल.आर.आर मोटर्सका प्रबन्ध निर्देशक जीवनजंग शाहीले विजय लामा अनुशासन, नेतृत्वकला र सिर्जनशीलताका प्रतीक रहेको बताए ।

नेपाली चलचित्र र सिर्जनात्मक अभिव्यक्तिलाई प्रोत्साहन गर्ने प्रतिबद्धता रहेको बताउँदै लामा र ‘एक्लो–१’ टिमसँग उभिन पाउँदा गौरवान्वित भएको बताए । “विजय लामा अनुशासन, नेतृत्वकला र सिर्जनशीलताका प्रतीक हुनुहुन्छ । यी मूल्यहरू जेवाई एयर ईभी ब्राण्ड र एल.आर.आर मोटर्सले पनि बलियो रूपमा अंगीकार गरेका छन् । ‘एक्लो–१’ प्रति हाम्रो समर्थन हाम्रो ब्राण्ड एम्बेसडरप्रतिको सम्मान मात्र होइन, समग्र नेपाली चलचित्र र सिर्जनात्मक अभिव्यक्तिलाई प्रोत्साहन गर्ने हाम्रो प्रतिबद्धता पनि हो । विजय लामा र ‘एक्लो–१’ टिमसँग उभिन पाउँदा हामी हर्षित र गौरवान्वित छौं” उनले भने ।

वरिष्ठ क्याप्टेन तथा कलाकार विजय लामाले यो सहयोगले आफूसँगै चलचित्रको सम्पूर्ण टिमलाई थप उत्साह र प्रेरणा दिएको बताए । “यस अर्थपूर्ण पहलका लागि एल.आर.आर मोटर्स र जेवाई एयर ईभी परिवारप्रति अत्यन्त आभारी छु । नेपालमा कला, संस्कृति र सिनेमाको क्षेत्रलाई साथ दिने एल.आर.आर मोटर्सजस्तो कर्पोरेट क्षेत्रको उपस्थिति निकै प्रेरणादायी छ,” उनले भने ।

एभिएसन–थीममा आधारित जेवाई एयर ईभी विद्युतीय सवारीसाधन (ईभी) को ब्राण्ड एम्बेसडर रहेका लामासँगको सहकार्यलाई कम्पनीले निरन्तरता दिँदै आएको छ । यो नवीन पहलमार्फत एल.आर.आर मोटर्सले प्रभावशाली व्यक्तित्व, प्रगतिशील मोबिलिटी समाधान र नेपालको विकसित हुँदै गएको सामाजिक–सांस्कृतिक परिवेशमा सकारात्मक योगदान पु¥याउने प्रतिबद्धता दोहोर्याएको छ ।

जेवाई एयर ईभी मार्फत कम्पनीले नेपालमा प्रविधि, दिगोपना र कार्यक्षमतामा आधारित वातावरणमैत्री तथा नवप्रवर्तनयुक्त गतिशीलता समाधान प्रदान गर्ने लक्ष्य राखेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − two =