सुजुकीको अहिलेसम्मकै ‘फिचर प्याक्ड’ एसयूभी ‘भिक्टोरिस’ नेपालमा सार्वजनिक, कति छ मूल्य ?

काठमाडौं । नेपालका लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता सीजी मोटोकर्पले नेपाली बजारमा आफ्नो नयाँ एसयूभी ‘भिक्टोरिस’ सार्वजनिक गरेको छ । कम्पनीले यसलाई सुजुकीको अहिलेसम्मकै सबैभन्दा धेरै फिचर भएको (Most Feature Loaded) एसयूभीका रूपमा बजारमा उतारेको हो ।
‘इन्डियन कार अफ द इयर २०२५’ को उपाधि जित्न सफल यो गाडी भविष्यमुखी डिजाइन, विलासी आराम र इन्टेलिजेन्ट प्रविधिको उत्कृष्ट मिश्रण भएको कम्पनीले दाबी गरेको छ । नयाँ भिक्टोरिसमा स्ट्रोङ हाइब्रिड, अलग्रिप सेलेक्ट (AllGrip Select – 4×4) र १.५ लिटर स्मार्ट हाइब्रिड पेट्रोल इन्जिनका विकल्पहरू उपलब्ध छन् ।
सुरक्षामा अब्बल : ५-स्टार रेटिङ र एडास
सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै सुजुकीले भिक्टोरिसमा लेभल–२ एडास (ADAS) प्रविधि जडान गरेको छ । यसमा १० भन्दा बढी इन्टेलिजेन्ट ड्राइभर–असिस्ट फिचरहरू जस्तै– अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, एडेप्टिभ क्रुज कन्ट्रोल र लेन किप असिस्ट समावेश छन् ।
यसको बलियो निर्माण र अत्याधुनिक सुरक्षा प्रणालीका कारण भिक्टोरिसले ग्लोबल एनक्यापमा ५-स्टार रेटिङ हासिल गर्न सफल भएको छ । गाडीका सबै भेरियन्टमा ६ वटा एयरब्याग, ३६० डिग्री भ्यु क्यामेरा, टायर प्रेसर मोनिटरिङ सिस्टम (TPMS) र इलेक्ट्रोनिक पार्किङ ब्रेकजस्ता फिचरहरू स्ट्यान्डर्ड रूपमै उपलब्ध छन् ।
प्रिमियम फिचर र माइलेज
गाडीमा ९ इन्चको स्मार्टप्ले प्रो प्लस इन्फोटेनमेन्ट सिस्टम, हरमन (Harman) को इन्फिनिटी साउन्ड सिस्टम, पानारोमिक सनरुफ र भेन्टिलेटेड सिटजस्ता सुविधाहरू छन् । विशेष गरी यसको स्ट्रोङ हाइब्रिड मोडलले २८.६५ किलोमिटर प्रतिलिटरसम्मको उत्कृष्ट माइलेज दिने कम्पनीको भनाइ छ ।
मूल्य र अफर
सीजी मोटोकर्पले भिक्टोरिसको सुरुवाती (लन्चिङ इन्ट्रोडक्टरी) मूल्य ५० लाख ९९ हजार रुपैयाँ तोकेको छ । साथै, लन्चिङ अफरअन्तर्गत पहिलो ५० जना बुकिङकर्ताका लागि २ लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस उपलब्ध गराइने कम्पनीले जनाएको छ ।
गाडी सार्वजनिक गर्दै सीजी मोटोकर्पका प्रबन्ध निर्देशक करण चौधरीले आधुनिक नेपाली ग्राहकहरू प्रविधिमैत्री र वातावरणप्रति जिम्मेवार बन्दै गएको बताए । उनले भने, ‘ग्राहकहरूको सोही आकाङ्क्षा र आवश्यकतालाई पूरा गर्न हामीले नेपाली बजारमा भिक्टोरिस सार्वजनिक गरेका हौँ । ल्याटिन भाषामा भिक्टोरिसको अर्थ ‘विजय’ हुन्छ । हामी पूर्ण विश्वस्त छौँ कि यसको ५–तारे सुरक्षा र अत्याधुनिक सुविधाहरूले नेपाली ग्राहकको मन जित्नेछ ।’
गाडीमा ह्यान्ड्स–फ्री स्मार्ट पावर्ड टेलगेट, वायरलेस चार्जर र ६४ रङमा परिवर्तन गर्न सकिने एम्बियन्ट लाइटिङ जस्ता आधुनिक सुविधाहरू पनि समावेश गरिएको छ । यो गाडी म्यानुअल र अटोमेटिक दुवै ट्रान्समिसनमा उपलब्ध छ ।
VICTORIS का प्रमुख विशेषताहरू :-









