खोला मापदण्ड खारेजीको विरोधमा काठमाडौँमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौँ । काठमाडौँ उपत्यकाका नदी तथा खोला किनारमा लागू गरिएको थप मापदण्ड खारेज गर्न माग गर्दै प्रभावितहरूले विरोध गरेका छन् ।

बिहीबार काठमाडौँको माइतीघर मण्डलामा उनीहरूले विरोध गरेका हुन् ।

गैरन्यायिक खोला तथा सडक मापदण्ड पीडित सङ्घर्ष समितिले सर्वोच्च अदालतको फैसलाविरुद्धको मुद्दालाई अग्राधिकार दिएर छिटो खारेज गर्न माग गरेको छ । यो मुद्दालाई लामो समय अनिर्णयमा राखियो भने ठुलो भौतिक र आर्थिक क्षति हुने उनीहरूको चेतावनी छ । २०६५ को मापदण्डसमेत खारेज गर्नुपर्ने उनीहरूको माग छ ।

उनीहरूका अनुसार अहिलेको फैसला कार्यान्वयन भए उपत्यकाका १९ खोलाबाट मात्र ८४ हजारभन्दा बढी घरधुरी प्रभावित हुनेछन् । सर्वोच्च अदालतले २०८० पुस ३ गते बागमती, विष्णुमतीलगायत मुख्य नदी तथा खोलाका दायाँबायाँ थप २०–२० मिटर क्षेत्र खाली राखेर मात्र संरचना निर्माण गर्न आदेश दिएको थियो ।

यसअघि २०६५ मा सरकारले बागमतीजस्ता नदीमा २० मिटर, धोबीखोलामा ९ मिटर र अन्य खोलामा ४–१२ मिटरसम्म मापदण्ड तोकेको थियो ।

हेर्नुहोस् तस्बिरहरुः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 10 =