जनमत पार्टीले धोती लगाएर मनायो राष्ट्रिय पोशाक दिवस (तस्बिरहरू)

काठमाडौँ । डा.चन्द्रकान्त राउत नेतृत्वको जनमत पार्टीले राष्ट्रिय पोशाक दिवस मनाएको छ ।

बिहीबार अंग्रेजी नयाँ वर्षको अवसर पारेर धोती दिवस मनाएको हो । पार्टीका नेता तथा कार्यकर्ताहरू धोती लगाएर काठमाडौँको माइतीघर मण्डलामा भेला भएका थिए ।

कार्यक्रममा सहभागीहरूले धोती टोपी एक हौँ, धोती हाम्रो गर्व हो, मधेसको पहिचान हो जस्ता नारा लगाएका थिए । जनमत पार्टीले धोतीलाई मधेसी समुदायको सांस्कृतिक धरोहरको रूपमा उजागर गर्दै पहाडी समुदायबाट मधेसीमाथि हुने दुर्व्यवहारको विरोधमा यो दिवस मनाएको जनाएको छ ।

पार्टीले यसअघि नै सबै जिल्लामा धोती दिवस मनाउन परिपत्र जारी गरेको थियो । यो कार्यक्रमले नेपालको बहुसांस्कृतिक विविधतालाई सम्मान गर्दै राष्ट्रिय एकताको सन्देश दिएको पार्टीको दाबी छ ।

तस्बिरहरू: अनुप प्रधान

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 11 =