भट्टीको टेबुलबाट समाज पढ्ने नाटक ‘भट्टी टेल्स’ (तस्बिरहरू)

काठमाडौं । सुकेधारास्थित ओस्कार इन्टरनेसनल कलेजको साधनाघर थिएटरमा जेम्स ढकालको लेखन तथा निर्देशनमा तयार भएको नाटक ‘भट्टी टेल्स’ को नियमित मञ्चन सुरु भएको छ ।

नाटक ‘भट्टी टेल्स’ मा रहेका पात्रहरू हाम्रै समाज वरिपरिका मानिसहरू हुन् । जो आफ्ना कमजोरी, चाहना र गल्तीहरूसहित बाँचिरहेका छन् । नाटकमा कोही पूर्ण रूपमा सही छैन, न त पूर्ण रूपमा गलत नै छन् ।

नाटक ‘भट्टी टेल्स’ मौलिक रङ्गमञ्चीय कृति हो । सामान्यतया भीड, धुवाँ र हल्का सङ्गीतले भरिएको स्थान हो भट्टी । जहाँ ठट्टा, पीडा, सङ्घर्ष र आशा एउटै टेबुलमा बस्छन् । यही ठाउँ नाटकको मुख्य पृष्ठभूमि बनेको छ ।

पौष १६ देखि मञ्चन सुरु भएको नाटकमा कलाकार सुदाम सिके, बेदना राई, रुपेश लामा, ऋषिकेश बस्याल, तुफान थापा, प्रकृति कार्की, माइकल महत, तान्डव, सुब्रत राज सिलवाल, गुड्डु, प्रान्जल पान्डे, सुदिप एटि र थार्चेन लामाले अभिनय गरेका छन् ।

करिब २ घण्टा १० मिनेट लामो यो नाटक, माघ ३ सम्म मङ्गलबारबाहेक हरेक साँझ ५:१५ बजे र शनिबार दिउँसो १ बजे अतिरिक्त शो मञ्चन हुनेछ ।

तस्बिरहरू :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 14 =