‘लभ डायरिज’ का अभिनेता रिमाल च्याउ उत्पादनमा

काठमाडौँ । केही वर्षअघि सार्वजनिक प्रदर्शनमा आएको सिनेमा ‘लभ डायरिज’ अभिनेता विश्वजित रिमाल अव व्यवसायमा अग्रसर भएका छन् । अहिले उनले गण्डकी प्रदेश र बागमती प्रदेशमा च्याउ उत्पादन सुरु गरेका हुन् ।

रिमाल मशरुम इन्डष्ट्रिज गण्डकी प्रदेश र माँ दुर्गा मशरुम इन्डष्ट्रिज बागमती प्रदेशमा सञ्चालन गरिरहेका छन् ।

अभिनेता रिमाल अब अभिनय र व्यापारलाई एकसाथ अगाडी बढाउने तयारीमा छन् । ‘मैले अभिनय गरेको सिनेमा लभ डायरिज रिलिज भएको पनि केही वर्ष भयो । यस बिचमा म आफ्नो व्यापारलाई स्थापित गर्न समय दिए । अब अभिनयमा फर्किने योजना बनाउँदै छु,’ उनले भने ।

यसैबीच गत पौष ११ गते बसेको नेपाल सरकारले मन्त्री परिषद्को बैठकले हरेक वर्षको पौष १५ गतेलाई ‘च्याउ दिवस’ घोषणा गरेपछि उत्साहित छन् । सोही अवसरमा च्याउ उत्पादक संघ नेपालद्वारा भोली पौष १५ गते भृकुटीमण्डपमा च्याउ मेला तथा परिकार महोत्सव २०८२ आयोजना गरेको छ ।

अभिनेता रिमाल पनि च्याउ मेला तथा परिकार महोत्सवमा आफ्नो कम्पनीले उत्पादन गरेका विभिन्न प्रजातिका च्याउ प्रवर्द्धन गर्न त्यहाँ उपस्थित हुँदैछन् । त्यसैको अवसरमा काठमाडौँ उपत्यकामा रहेका सम्पूर्ण च्याउका परिकार प्रेमी नेपालीलाई उपस्थित भएर आफूहरूको मेहनतलाई हौसला प्रदान गरिदिन अनुरोध गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =