आ-आफ्नो व्यक्तित्वको परिचय खुल्ने गरी कमेन्ट मारौँ: ज्योति मगर

काठमाडौँ । गायिका ज्योति मगरले आ–आफ्नो व्यक्तित्वको परिचय खुल्ने गरी सामाजिक सञ्जालमा कमेन्ट गर्न आग्रह गरेकी छन् ।

आज सोमबार साँझ सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै उनले यस्तो बताएकी हुन् ।

उनले लेखेकी छन् ‘प्रिय अराजक आलोचक ज्यु हरू ! तपाईँ जस्तो नकारात्मक व्यक्ति ले त आफू लाई शक्तिशाली महसुस गर्नु हुन्छ भने सोच्नुस् सकारात्मक व्यक्ति हरू कति शक्तिशाली होलान् । तपाईँका अश्लील गाली गलौच हेर्दा सुन्दा मलाइ खुसी लाग्छ! किन कि धैर्यता !सहनशीलता र शिष्टता नै मेरो परिचय र गहना हुन! त्यसैले आफू लाई तपाईँ भन्दा भिन्न र तपाईँ भन्दा सकारात्मक म रैछु भन्ने प्रमाण नै तपाईँ का भद्दा गाली गलौच बाट पाउने गर्छु… धन्य छु तपाईँ हरू प्रति….। आ आफ्नो व्यक्तित्व को परिचय खुल्ने गरी कमेन्ट मारौँ….म चैँ लागे गीत गाउन बिर्तामोड झापा….’

उनले अरूका अश्लील गाली गलौच हेर्दा आफ्नो धैर्यता, सहनशीलता र शिष्टता देख्दा खुसी लाग्ने बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =