तस्बिरमा १२ औँ राष्ट्रिय माउन्टेनबाइक डाउनहिल च्याम्पियनसिप-२०२५

काठमाडौं । नेपाल साइक्लिङ सङ्घको आयोजनामा पुस ४ गतेदेखि गोकर्णेश्वरको यज्ञडोल (जगडोल) सामुदायिक वनमा २० औँ नेपाल राष्ट्रिय माउन्टेनबाइक च्याम्पियनसिप २०२५ तथा १२ औँ राष्ट्रिय माउन्टेनबाइक डाउनहिल च्याम्पियनसिप २०२५ अन्तर्गत आज पुस ५ गते, दोस्रो दिन डाउनहिल विधाका खेलहरू सञ्चालन हुँदै छन् ।

यस विधा अन्तर्गत १.५ किलोमिटरको ‘अफ ट्र्याक’मा विभिन्न ५ क्याटागोरीमा ६८ जना खेलाडीले प्रतिस्पर्धा गर्दै छन् । जसअन्तर्गत मेन युथ क्याटागोरीमा २३ जना, मेन जुनियर क्याटागोरीमा ४ जना, मेन मास्टर क्याटागोरीमा ७ जना, मेन इलिट क्याटागोरीमा ३१ जना र वुमन इलिट क्याटागोरीमा ३ जनाले प्रतिस्पर्धा गर्दै छन् ।

हिजो र आजका विजयी खेलाडीहरूलाई प्रतिस्पर्धा सकिएपछि पुरस्कार वितरण गरिने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + six =