शुक्रबार देखि ‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सुरु हुँदै

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा शुक्रबार देखि ‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सुरु हुने भएको छ ।

मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रा. लि. ले संयुक्त रूपमा आयोजना गर्दै आइरहेको इन्टेरियर, फर्निचर, प्लाइउड, ल्यामिनेट, होम टेक्सटायल, हार्डवेयर, काष्ठ सम्बन्धी मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा उत्पादनहरू सम्बन्धी बृहत् अन्तर्राष्ट्रिय प्रदर्शनीको दशौँ संस्करण 11th Nepal Wood International Expo र  Nepal Interior & Furniture Expo  पुष ४, ५ र ६ गते हुने भएको हो ।

प्रदर्शनीमा स्वदेशी तथा विदेशी ख्याती प्राप्त ब्राण्डहरुका १०० भन्दा बढी स्टल रहने छन् । फनिर्चर, प्लाइउड तथा काठ औजारका कम्पनीहरू, ल्यामिनेट, विभिन्न कम्पनीका डिलर, सब डिलर र बिक्रेताहरूले काठ व्यवसाय सँग सम्बन्धित उत्पादनहरूको बारेमा जानकारी गराउने र यस क्षेत्रका नयाँ–नयाँ प्रविधिको जानकारी गराउनको लागि यो प्रदर्शनी विगत १० वर्ष देखी कोसेढुंगा सावित हुँदै आएको छ ।

यस अन्तर्राष्ट्रिय प्रदर्शनीमा इन्टेरियर, फर्निचर, प्लाइउड, ल्यामिनेट, हार्डवेयर, काष्ठ सम्बन्धी मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा उत्पादनहरूको उल्लेखनीय सहभागिता रहनेछ ।

यस एघारौंं नेपाल उड प्रदर्शनीमा आयोजकहरूले संसार भरका ख्याती प्राप्त कम्पनी तथा ब्रान्डलाई नेपाली बजारमा पनि अत्याधुनिक वस्तु तथा टेक्नोलोजीलाई स्वदेशी उद्योगहरूमा प्रयोग गराउन एउटा पहलका रूपमा लिएका छन् । यस प्रदर्शनीले साना देखि ठूला उद्योगसम्मलाई आफ्नो प्रयोग भइरहेका मेसिनहरूलाई उन्नयन गर्दै अझ बढी प्रभावकारी बनाउन मद्दत गर्नेछ ।

प्रदर्शनीमा सहयोगी संस्थाको भूमिकामा नेपाल हस्तकला महासंघ, सामुदायिक वन उपभोगता महासंघ, नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघ, नेपाल प्लाईउड उत्पादक संघ, तथा इन्टेरियर डिजाइनर एस्सोसियेशन नेपाल रहेका छन् ।

यसैगरी प्रदर्शनीमा इन्टेरियर डिजाइनर एस्सोसियेशन नेपालका विज्ञहरू द्वारा नवीनतम प्रविधि, इन्टेरियर डिजाइन, फनिर्चर लगायत विभिन्न शीर्षकमा २ दिने सेमिनार तथा गोष्ठी कार्यक्रम आयोजना हुने छ ।

सो प्रदर्शनीले नेपालमा हाल भइरहेको काठ, फनिर्चर र इन्टेरियर क्षेत्रको विकास तथा आधुनिकीकरणमा टेवा पुर्‍याउने छ । प्रदर्शनीमा घर बनाउन चाहने व्यक्ति, आम नागरिक बाहेक नेपालका दिग्गज आर्किटेक्ट, इन्जीनीयरस् तथा इन्टीरीयर डिजाइनरहरूको सहभागिता रहने छ ।

यो प्रदर्शनीले नेपालको काठ, फनिर्चर र इन्टेरियर क्षेत्रमा नयाँ प्रविधिका सामान भित्राउने तथा विदेशमा सफलतापूर्वक प्रयोग भएका यस क्षेत्रका नयाँ प्रविधिहरूलाई नेपाली बजारमा सजिलै उपलब्ध गराउन एउटा माध्यम बनाउने छ । यस प्रदर्शनीले नेपालमा भइरहेका काष्ठ वस्तु उत्पादन सम्बन्धी कार्यहरूमा पनि सकारात्मक भूमिका निर्वाह गर्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + six =